२०८१ बैशाख ७ , शुक्रवार

डिजिटल भुक्तानीमा अन्तरआबद्धता बढ्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ। यसै क्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभु पे बीच सहकार्य भएको छ।

 

अन्तरआबद्धता सम्बन्धी एक कार्यक्रमका बीच जानकारी दिइएको हो। यस सहकार्यसँगै अब प्रभु पे फोनपे नेटवर्कमा आबद्ध भएको छ। अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यस किसिमको सहकार्य नेपालको डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।  सबै कम्पनीको लडाइँ भनेको नगद कारोबारसँग हो। प्रभु पे सँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ।

 

हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ।’यस्तै प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भने, ‘फोनपेसँगको यस सहकार्यका लागि सबैलाई धन्यवाद छ। हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडि बढ्नुपर्छ।’ डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्।

 

दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आईडी एसएस भीथ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो। प्रभु समूहअन्तर्गत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाई अगाडि बढाइरहेको छ। हाल यस कम्पनीका ७ लाखभन्दा धेरै ग्राहक रहेका छन्। प्रभु पे मार्फत मोबाइल र टीभी रिचार्ज, हवाई टिकट, मुभी टिकटलगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ।