२०८१ बैशाख १२ , बुधवार

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

सुनाखरी न्युज/ काठमाडौं – कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो । कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गर्ने जनाएको थियो ।

 

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले आज जारी गर्नुभएको सूचनामा विश्वस्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको उल्लेख छ ।