२०८१ जेठ ४ , शुक्रवार

कोरोना अपडेट : देशभर थपिए २ हजार ४०१ कोरोना संक्रमित, १४ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ ।भने हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।