२०८१ जेठ ४ , शुक्रवार

आज चकलेट डे: ‘डार्क चकलेट’ खानुका ६ फाइदा यस्ता छन्

सुनाखरी न्युज/ काठमाडौं – आज ‘भ्यालेनटाइन डे’ को तेस्रो दिन अर्थात ‘चकलेट डे’। पछिल्लो समय युवापिढीमाझ भ्यालेनटाइन सप्ताह लोकप्रिय बन्दै गइरहेको छ।

 

नेपालमा पनि भ्यालेनटाइन डे मनाउनेहरु बढ्दै छन। भ्यालेन्टाइन सप्ताह मनाउनेहरुले आजका दिन प्रेमी-प्रेमिकालाई चकलेट दिएर प्रेम साटासाट गर्ने गर्छन। चकलेट खानाले हामीलाई मिठासता मात्र प्रदान गर्दैन यसका केही फाइदा पनि छन्। तल हेरौं:

सही मात्रामा रक्त प्रवाह

कालो चकलेटको सेवनले ‘ब्लड सर्कुलेसन’ अर्थात हाम्रो शरिरमा सुन्तलित रक्त प्रवाह कायम राख्न मदत गर्दछ। चकलेटमा पाइने फ्लेवेनाल्सले रगत जम्नबाट रोक्छ, जसले गर्दा रगत सर्कुलेशन राम्रो बनाउन मदत हुने गर्छ।

बुढोपन हटाउन

उमेर सानै हुँदा पनि कोहिकोहिलाई बुढ्यौली लागे जस्तो देखिने गर्छन। ‘डार्क चकलेट’ खानाले चमक दिनुका साथै बुढोपना छाउने समस्यालाई पनि कम गर्ने बताइएको छ। यसमा भएको विशेष गुणले ‘एन्टी एजिङ एजेन्ट’को रूपमा काम गर्ने गर्छ।

रुघा-खोकिबाट बचाउँछ

कालो चकलेट सेवनले हाम्रो शरीरलाई थियोब्रोमाइन नामक एक रसायनिक तत्व प्रदान हुन्छ। यसले श्वासप्रश्वाससम्बन्धी समस्यालाई कम गर्छ, जसले गर्दा हामीलाई रुघाखोकि लाग्नबाट बचाउने गर्छ।

तौल घटाउन

जो व्यक्ति युवा अवस्थामा नियमित चकलेट खाएको हुन्छ उसको तौल चकलेट नखानेको तुलनामा कम हुन्छ।

मुटुलाई स्वस्थ्य

कालो चक्लेट खानाले कालेस्ट्रोल नियन्त्रण गरेर मुटुलाई स्वस्थ्य राख्ने गर्छ। जसका कारण हृदयघात जस्तो खताराबाट पनि यसले बचाउन सक्छ। चकलेटको सेवनले ब्लड पेसरमा पनि सुधार ल्याउछ।

तनाव कम गर्न

कालो चकलेट सेवन गर्नाले हाम्रो दिमागमा तनाव बढाउँने हर्मोनलाई नियन्त्रण गर्छ। जसका कारण मानिस तनावमुक्त हुनसक्छ।