२०८१ जेठ ५ , शनिवार

एमएडब्लु लाइफले ल्यायो जीप एक्सचेन्ज अफर

सुनाखरी न्युज/ काठमाडौं – नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जीप एक्सेचन्ज अफर ल्याएको छ ।

 

कम्पनीले पुरानो गाडीलाई एक्सचेन्ज गरेर २०२२ जीप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि देशव्यापी रूपमा जीप एक्सचेन्ज इभेन्ट ‘अपग्रेड योर एड्भेन्चर’ सुरु गरेको जनाएको छ । यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य पाउनुका साथै स्पट फाइनान्सिङको सुविधा पनि पाउने जनाइएको छ ।साथै, एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउने जनाइएको छ ।

 

एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । जीपले २४ घण्टामा लोन स्वीकृत गरी ग्राहकलाई जीप डेलिभरी गर्ने व्यवस्था मिलाएको जनाएको छ ।जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडेल एस गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८७ लाख ९० हजारदेखि एक करोड ३९ लाख ९० हजार रुपैयाँसम्म छ ।