२०८१ जेठ ५ , शनिवार

सुनको मूल्यमा वृद्धि

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

मंगलबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।