२०८० चैत्र १६ , शुक्रवार

कोरोनाका कारण बन्द पशुपतिनाथ मन्दिर फागुन १ देखि पुन : खुलाउने तयारी

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सरकारकै आदेश बमोजिम बन्द गरिएको पशुपतिनाथको मन्दिर आउँदो फागुन १ गतेबाट खुलाउने तयारी गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण पशुपतिनाथ मन्दिर माघ ५ गते बन्द गरिएको थियो । अहिले कोरोना संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने उक्त कोषले जनाएको छ । शिवरात्रि पर्व नजिकिएकाले पनि त्यसको तयारी पनि सुरु गरिने उक्त पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।