२०८१ बैशाख ७ , शुक्रवार

‘ए’ डिभिजन लिगका बाँकी खेल तालिका सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशौं, एघारौं, बाह्रौं र तेह्रौं चरणका खेलतालिका सार्वजनिक गरेको हो । तेह्रौं चरणका मिति र स्थानको भने एन्फाले अहिले नै पक्का गरेको छैन ।

 

तालिकाअुनसार दशौं चरणको पहिलो खेल शुक्रबार दिउँसो १ बजे फ्रेन्ड्स क्लब र बिग्रेड ब्वाइज क्लबबीच दशरथ रंगशालामा हुनेछ भने सोही दिन पौने ५ बजे त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले खेल्नेछन् । दशौं र एघारौं चरणका चारवटा खेल भने एन्फाले एन्फा कम्प्लेक्स, सातदोबाटोमा पनि गराउने भएको छ । यसअघि एन्फाले यस संस्करणका खेलहरू दशरथ रंगशाला र पोखरा रंगशालामा मात्र खेलाएको थियो ।

 

नवौं चरणका खेल सकिँदासम्म मच्छिन्द्र फुटबल क्लब अंकतालिकाको सिरानमा छ । उसले नौमध्ये सातमा जित र दुई खेल बराबरी खेल्दै २३ अंकले जोडेको छ । मनाङ मर्स्याङ्दी क्लब नौमध्ये छमा जित एउटा बराबरी र दुईवटा खेलमा पराजित भएर १९ अंकसहित दोस्रो स्थानमा छ । त्रिभुभव आर्मी १७ सहित तेस्रो, थ्री स्टार क्लब १६ अंकसहित चौथो स्थानमा रहँदा संकटा क्लब, न्यूरोड टीम, सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः पाँचौं, छैटौं, सातौं र आठौं स्थानमा छन् । नेपाल पुलिस एघारौं र ब्रिगेड ब्वाइज बाह्रौं स्थान हुँदा च्यासल युथ क्लब र फ्रेन्ड्स क्लब रेलिगसनमा छन् ।