२०८१ बैशाख १४ , शुक्रवार

हिउँ खेल्न गएका गोरखाका दुई किशोर पाँच दिनदेखि बेपत्ता

सुनाखरी न्युज/ गोरखा –

गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर २ का करन घले गत माघ २० गते बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

 

उनीहरू हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक जाने भनेर हिँडेका थिए। खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।उनीहरू गत बिहीबारदेखि नै बेपत्ता भएपछि आफन्त तथा स्थानीय आफैंले खोजी गरेका थिए। तर उनीहरू फेला नपरेपछि आफन्तले प्रहरीलाई आइतबारमात्रै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । उनीहरु आफन्तकोमा गएको पनि हुनसक्ने भएकाले सबैतिर सम्पर्कको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।