२०८१ बैशाख ११ , मंगलबार

खाना पकाउने क्रममा जलेर मृत्यु

सुनाखरी न्युज/ धनुषा –  क्षिरेश्वरनाथ नगरपालिका-९ ईच्छापुर बस्ने ८० वर्षीया मटरी देवी पंडितको खाना पकाउने क्रममा जलेर सोमबार राति मृत्यु भएको छ ।

 

आफ्नै घरमा खाना पकाउने क्रममा साडीमा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।