२०८१ बैशाख १४ , शुक्रवार

प्रपोज गर्नेबेलामा बिर्सेर पनि यस्ता गल्ती नगर्नुहोस्

सुनाखरी न्युज/ काठमाडौं – आज भ्यालेनटाइन विकको दोस्रो दिन हो र यो दिनलाई प्रपोज डेको रुपमा मनाइन्छ । आजको दिन युवा युवती आफ्नो मनको कुरा भन्ने गर्छन् । आफूलाई मनपरेको व्यक्तिका लागि आफ्ना भावना र प्रेमलाई मन खोलेर व्यक्त गर्नका लागि यसलाई राम्रो दिन मानिन्छ ।

 

यदि तपाईंले मन पराउने व्यक्तिले पनि तपाईंलाई मन पराउँछ भने निश्चित रुपमा तपाईंको प्रपोज (प्रस्ताव) स्वीकार हुन्छ । तर प्रेम व्यक्त गर्नेबेला केही कुरा ध्यानमा पनि राख्नुपर्छ नभए प्रस्ताव अस्वीकार हुन पनि सक्छ । यदि तपाईं पनि आजको दिनमा कोही विशेषलाई प्रपोज गर्न चाहनुहुन्छ भने यस्ता गल्ती गर्नबाट बच्नुहोस् ताकि तपाईंको प्रपोजल रिजेक्ट नहोस् ।

 

  • हतार नगर्नुहोस् ।
  • प्रस्ताव राख्न विशेष दिन ।
  • मूड थाहा पाएपछि प्रस्ताव राख्नुहोस् ।
  • शब्द चयनमा ध्यान दिनुहोस् ।
  • सार्वजनिक स्थानबाट बच्नुहोस् ।
  • विश्वास कायम राख्नुहोस् ।
  • जवाफका लागि हतार नगर्नुहोस् ।