२०८१ जेठ ८ , मंगलबार

माछा मार्ने जालोको प्लास्टिकलाई रिसाइकल गरेर ग्यालेक्सी एस २२ फोन निर्माण गर्दै सामसङ

सुनाखरी न्युज/ काठमाडौं – सामसङ ग्यालेक्सी एस२२ स्मार्टफोनको विषयमा धेरै चर्चा बाहिर आइरहँदा यसको आवरणको विषयमा नयाँ सूचना बाहिरिएको छ ।

 

 

बाहिरिएको जानकारी अनुसार सामसङले प्रयोगमा नआएको माछा पार्ने जालोको प्लास्टिकलाई रिसाइकल गरेर ग्यालेक्सी एस २२ फोन निर्माण गर्दैछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको प्रतिवेदनलाई उद्धृत गर्दै प्रत्येक वर्ष ६४०,००० टन माछा मार्ने जाल समुद्रमा फ्याकिन्छ, जसले गर्दा सामुद्रिक जीवन र कोरल चट्टानहरूका लागि खतरा रहेको बताउँदै सामसङले यस्ता फोहोरहरू रिसाइकल गरिनुपर्ने कुरामा जोड दिएको छ ।