२०८१ बैशाख १२ , बुधवार

किन हुन्छ पुरुषभन्दा महिलालाई निन्द्राको बढी आवश्यकता ?

सुनाखरी न्युज/ काठमाडौं – मानसिक, शारीरिक र भावनात्मक रुपमा स्वस्थ रहन भरपूर निद्राको आवश्कता पर्छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण विश्वभरका मानिसहरु घरमा नै बस्न वाध्य भए ।

 

घरभित्र नै बस्ने र काम पनि घरबाट नै गर्नुपर्ने भएपछि मानिसहरु परिवारलाई भन्दा कम्प्युटरलाई धेरै समय दिन थाले । जसको प्रत्यक्ष असर निन्द्रामा पर्न गयो । अनिन्द्राका कारण स्वास्थ्यमा समेत समस्या पर्न थाल्यो । निद्राको कमीबाट काम गर्ने महिला सबैभन्दा बढी प्रभावित भएका छन् । विशेषज्ञका अनुसार महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ ।

अनुसन्धानले के भन्छ ?
२०१४ मा ‘एक्सप्लोरिङ सेक्स एन्ड जेन्डर डिफरेन्जेस इन स्लीप हेल्थः अ सोसाइटी फर वुमन हेल्थ रिसर्च’ को रिपोर्ट नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित गरिएको हो । यसका अनुसार महिला र पुरुषमा निद्राको घन्टा फरक–फरक हुन्छ । अर्थात् दुवैलाई सुत्न समय चाहिन्छ । तर यसको अवधि भने फरक हुन्छ । अनुसन्धानका अनुसार महिलालाई अनिद्रा र रेस्टलेस लेग्स सिन्ड्रोम हुने खतरा ४० प्रतिशत धेरै हुन्छ । पुरुषलाई महिलाको तुलनामा धेरै गहिरो निद्रा आउँछ । अमेरिकाका डाक्टर सिवाशीष डे यो अनुसन्धानलाई सही मान्छन् । उनका अनुसार महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ ।

रेस्टलेस लेग्स सिन्ड्रोमका लक्षण
खुट्टामा दुखाई, कम्पन, झनझनाहट र बेचैनी हुन्छ । निद्रा आउनमा समस्या हुन सक्छ । यस्तो लाग्छ कि खुट्टामा केही घुमिरहेको छ । महिला र पुरुषको बायोलोजिकल संरचना फरक हुन्छ । यसैले दुवेलाई निद्राको आवश्यकता फरक हुन्छ ।

डा. सिवाशीषका अनुसार अनुसन्धान महिला र पुरुषले दिन बिताउने तरिकाको आधारमा गरिएको थियो । भुक्तानी गरिने र नगरिने काम, सामाजिक जिम्मेवारी र परिवारको हेरचाहको समय पनि नोट गरिएको थियो । महिलालार्य पुरुषको तुलनामा करिब ११ देखि १३ मिनेट बढी निद्रा लाग्छ । परिवारको हेरचाहका लागि महिलालाई आधा रातमा पनि उठ्नु पर्ने सम्भावना रहन्छ । महिलाको तुलनामा पुरुष धेरै गहिरो निद्रामा सुत्छन् ।

डां सिवाशीष डे भन्छन्, ‘महिलाले दिनमा पनि सुत्ने सम्भावना बढी रहन्छ । किनकी बाँकी समयमा यदि उनी सुत्छिन् भने कुनै न कुनै कामबाट उनलाई उठ्नु पर्छ । निद्रा पूरा त्यतीबेला हुन्छ जब कसैले तपाईलाई बीचमै उठाउँदैनन् । दिनमा पति र बच्चा बाहिर भए भने उनलाई सुत्ने समय मिल्छ । यसै कारणले रातिको निद्रामा पनि कमी आउँछ ।

यी चार कारणले महिलालाई पुरुषको तुलनामा धेरै निद्रा आउँछ
१. स्लीप डिसअर्डर

महिलामा निद्रा कम आउनु र रेस्टलेस लेग्स स्रिन्ड्रोम हुने खतरा ४० प्रतिशत बढी हुने गर्छ । यसका कारण उनीहरुलाई आफ्नो खुट्टा चलाउने इच्छा हुन्छ । यसै कारणले बीचबीचमा आफ्नो निद्रा खुलिरहन्छ र भरपुर निद्रा आउँदैन । यो छुटेको निद्रा पूरा गर्नका लागि महिलालाई धेरै निद्राको आवश्यकता पर्छ ।

२.हर्मोनल असन्तुलन

महिलामा कयौँ किसिमका हर्मोनल परिवर्तन हुन्छ । जसमा उनीहरुको सर्केडियन रिदममा गडबडी हुन्छ । यसै कारणले महिलालाई धेरै निद्राको आवश्यकता पर्छ ।

३.मानसिक स्वास्थ्य

पुरुषको तुलनामा महिलालाई डिप्रेशनमा जाने सम्भावना दुई गुणा हुने गर्छ । नेपालमा महिलालाई आफ्नो पेशागत र निजी जिन्दगी दुवै जिम्मेवारी उठाउनु पर्छ ।
यस्तोमा उनलाई प्रतिकूल मानसिक स्वास्थ्यको सामना गर्नुपर्छ । स्वस्थ मानसिक स्वास्थ्यका लागि भरपूर निद्राको आवश्यकता पर्ने डाक्टर डे बताउँछन् ।

 

व्यक्तिगत जिवनशैली र फिटनेस रातको राम्रो निद्राले महिलामा मेटाबोलिजममा सहयोग गर्छ । यसले व्यायाम, ध्यान र दिनभरीको जरुरी कामका लागि शरीरमा उर्जा प्रदान गर्छ । लाफबोरो युनिभर्सिटी यूकेका शोध कर्ताका अनुसार मल्टिटास्किङ हुने कारण महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ । महिलालाई पुरुषको तुलनामा २०–३० मिनेट धेरै निद्राको आवश्यकता पर्छ महिलाको जिवनशैली, फिटनेस र कयौँ जिम्मेवारीलाई एक साथ निभाउनु आवश्यक पर्छ ।  एजेन्सी