२०८१ बैशाख १४ , शुक्रवार

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

सुनाखरी न्युज/ काठमाडौं – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

 

उक्त कम्पनीको आईपीओमा हिजो साँझसम्म २२ लाख १४ हजार ९ सय १९ जना आवेदकहरुले २ करोड ७२ लाख ५७ हजार ७० कित्ताका लागि आवेदन दिइसकेका छन् । आवेदनको संख्या थपिने क्रम जारी छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार साँझ ६ः१५ बजेसम्म मागभन्दा ५५.८६ गुणा बढी आवेदन परेको हो । संस्थाले गत शुक्रबारदेखि ५ करोड २२ लाख रुपियाँ बराबरको आईपीओ निष्काशन खुला गरेको हो । आईपीओका लागि मंगलबार आज बैंकिङ समयसम्म आवेदन दिन सकिने छ ।

 

बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार ५ करोड २२ लाख रुपियाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन खुला भएको हो । कूल ५ लाख २२ हजार कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ८७ हजार ९ सय कित्ता आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले पाउने छन् । तसर्थः आईपीओका लागि १० कित्ताका दरले मात्र आवेदन दिंदा हुन्छ । हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपियाँ छ । सेयर आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ । नेपाल धितोपत्र बोर्ड सेबोनले कम्पनीलाई माघ ९ गते आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो ।