२०८१ जेठ ५ , शनिवार

बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

 

सोमबार पनि सुनको मूल्य तोलामा एक सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।