२०८१ जेठ ८ , मंगलबार

मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड

सुनाखरी न्युज/ काठमाडौं – मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको छ।

 

यससँगसँगै मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरुले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन्। यसरी घरबाटै अस्पतालको ओपीडी टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीले गर्न सक्नेछन्।

मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ। मिदासले देशभरका १५० भन्दा बढी अस्पतालहरुलाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ।

मेरो डाक्टर मोबाइल एप तथा वेभ (merodoctor.com) मार्फत अनलाइन टेलिमेडिसनका सेवाको साथै विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरु प्राप्त गर्न, अस्पतालको ओपीडी टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरु अद्यावधिक गर्न वा आफ्नो मेडिकल रेकर्डहरु, कहीँ र कुनै पनि समयमा हेर्न सकिन्छ।

मेरो डाक्टरमार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ बजेबाट राती ९ बजेसम्मको समयमा तत्काल निःशुल्क परामर्श लिन सकिन्छ। यसका साथै इच्छुक बिरामीहरुका लागि २५० भन्दा बढी विशेषज्ञ डाक्टरहरुमार्फत अनलाइन टेली कन्सल्टेन्सी सेवा पनि उपलब्ध गराउँदै आएको छ।