२०८० चैत्र १५ , बिहिवार

शिव शिखरको सातौं एटीएम ललितपुरको ठैबमा

सुनाखरी न्युज/ ललितपुर – शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ एटीएम ललितपुरको ठैंबमा पनि सचालनमा ल्याइएको छ । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सोमबार एक कार्यक्रमवीच एटीएम सेवाको शुभारम्भ गरे ।

उदघाटन कार्यमका विभागका रजिष्टार अधिकारीले सहकारी संस्थाहरुलाई पनि पेपरलेश (कागजविहीन) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्नेमा जोड दिए । सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरुले सर्वशुभल रुपमा स्थानीय जनतालाई सेवा दिनुपर्नेमा विशेष जोड दिए । सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले भक्तपुरको कमलविनायकबाट पहिलो पटक पुस २२ गते एटीएम सेवा सुरु गरी अहिले सातौं एटीएम सेवा ललितपुरको गोदावरी नगरपालिका वडा नं १४ ठैंबमा सुरु गरेको जनाए । उनले एटीएम सेवाहरु उपत्यकासहित उपत्यकाबाहिरका पोखरा, बाँंके, सुर्खेत, डोटीलगायतका ठाउँहरुमा पनि यो वीचमा एटीएम सेवा सुभारम्भ गरिसकेको जानकारी गराए ।

सहकारी संस्थाका अध्यक्ष शुशिल बानियाँं, उपाध्यक्ष गीता शर्मा, सदस्य दीपकबहादुर ऐर, एटीएम निर्माणकर्ता स्मार्ट च्वाइस नेटवर्कका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद भुजू, सफ्टवेयर निर्माता इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी, गोदावरी नगरपालिका वडा नं १४ का वडाअध्यक्ष जगनाथ महर्जन, स्थानीय समाजसेवी गौरीशंकर श्रेष्ठलगायतले सहकारी संस्थाको सञ्चालनसँंगै स्थानीयलाई सुविधा मिलेको बताए । सहकारी संस्थाले सहकारीलाई आधुनिक प्रविधिमा जाने क्रममा पहिलो पटक मोवाइल एप्लिकेशन सुरु गरेको कार्यक्रममा जनाइयो । सहकारी संस्थालाई थप प्रविधिमैत्री बनाउँंदै लैजाने योजना रहेको कार्यक्रममा बताइयो । .सहकारीको मुख्य कार्यालय कौशलटार भक्तपुरमा रहेको छ ।