२०८१ बैशाख १२ , बुधवार

कांग्रेस नेता एबं निबर्तमान केन्द्रीय सदस्य किरण गिरीको अपिल, समृद्ध देश घरघरमा कांग्रेस

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरी ले सफल निर्बाचन र समृद्धि का लागी अब नेपाली कांग्रेसका हामी नेता कार्यकर्ता जनता को घरदैलोमा पुग्नु अत्यावश्यक रहेको कुरा बताउनु भएको छ।

आज एक रेडियो अन्तरबार्ता मा कांग्रेस नेता गिरीले भन्नुभएको छ :- आफ्ना समस्या , गुनासा र प्रतिक्रिया आफ्नो ठाउँ मा छ ।
आजै बाट जुटौं हामी स्थानीय तहको निर्बाचनमा ।
नेपाली कांग्रेसले बहुमत ल्याउने अभियानमा ।
३० बैशाख , २०७९ ।
राजनीतिमा न थकाइ हुन्छ , न विश्राम हुन्छ , न अलमल सधैभरी प्रष्ट धार स्पष्ट बिचार । 🌳🌳🌳🌳🌳 रहनुपर्ने धारणा व्यक्त गर्दै कांग्रेस नेता गिरी भन्नुहुन्छ :-
🇳🇵सरकारले बैशाख -३० गते एकै चरणमा स्थानीय तहको निर्बाचन गर्ने निर्णय गरेको छ । लोकतन्त्र को सुन्दर पक्ष आबधिक निर्बाचन भएको ले स्थानीय तहको निर्बाचन सफल पार्नु र परिणाम मुखी बनाउनु यतिबेला नेपाली कांग्रेसका हामी सबैतहका नेता र कार्यकर्ता हरुको अनिवार्य दायित्व र जिम्मेवारी हो ।

🇦🇹नेपाली कांग्रेसको तयारी अब चुनाब मुखी हुनुपर्ने देखिन्छ । अधिवेशन लगत्तै संगठन जसरी परिचालन जुन रुपमा हुनपर्ने हो त्यसरी भइरहेको छैन । केन्द्रीय पदाधिकारी एबं सदस्यहरूको पनि स्थानीय निर्बाचन तयारी मनस्थिति जागरुक भैसकेको छैन , अब हुनु जरुरी छ । केन्द्रीय नीति र निर्देशनको अभावमा केन्द्रीय बिषयको रमिता हेरेर स्थानीय पार्टी संरचना बसिरहेको अबस्था छ । कतिपय वडा र पालिकाहरुमा १४ औं अधिबेशनको अस्वस्त प्रतिस्पर्धा को तिक्तता र रिक्तता मेटिइसकेको छैन । अब नेपाली कांग्रेसका सबैतहका नेता र कार्यकर्ताहरुले आत्मालोचना गरेर परिमार्जित हुनु र गराउनु जरुरी छ । 🇦🇹 नेपाली कांग्रेस पार्टीको आधा क्रियाशील सदस्य नयाँ छन । त्यसैले अब योजनाबद्ध रूपमा चुनावी कार्यक्रमको तत्कालै थालनी गर्न जरूरी छ ।

अन्तरबार्ता कै दौरानमा नेपाली कांग्रेसका नेता एबं पुर्ब केन्द्रीय सदस्य किरण गिरीले अब नेपाली कांग्रेस स्थानीय संगठन ले चुनावी कार्यतालिका सहित जरुरी कार्यक्रम थालनी गर्नु जरुरी भैसकेको कुरा बताउनु भएको छ :-
(१) फागुनको एक महिना नेपाली कांग्रेस पार्टी जनजनमा बुझाउने कार्यक्रम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वडा वडामा गर्नु पर्दछ ।
(२) चेत्र एक महिना चुनाब कसरी जित्ने भनेर रणनीतिक , नितिगत टिप्सहरू सिकाउने र स्थानीय निकाय निर्बाचन जागरण अभियान वडा वडामा लैजानु जरुरी छ ।

(३) बैशाख महिना तीन हप्ता घरघरमा मिटिङ्ग, प्रतिपक्ष माथि सैद्धान्तिक, बैचारिक र कार्यक्रम गत आक्रमण, आफ्नो एजेण्डा स्थापित गरेर मतदातालाई बिश्वासमा लिने काम गर्नु पर्ने र कांग्रेस लाई मतदान गर्न प्रचारप्रसार कार्यलाई घरघरमा पुर्‍याउने ।
(४) बैशाख को अन्तिम हप्ता मतलाई आफ्नो पक्षमा परिणत गराएर सुरक्षित राख्ने ।

(५) बैशाख – ३० गते आफ्ना मतदाताहरु सहज रुपमा मतदान स्थलमा ल्याउने र पहिलो चरणमा रुख 🌳 चिन्हमा मतदान गराउने र सबै वडा र पालिकाहरुमा अत्याधिक बहुमतले नेपाली कांग्रेस लाई बिजय गराउने । सबल , सक्षम र निर्बाचित कांग्रेस ले नै नेपाल लाई समृद्धि तर्फ डोर्‍याउन सक्दछ भन्ने निष्कर्ष नेपाली कांग्रेसका नेता एबं निबर्तमान केन्द्रीय सदस्य तथा महासमिति सदस्य किरण गिरीको रहेको छ ।