२०८१ बैशाख १३ , बिहिवार

कोरोनाविरुद्धको थप ८ लाख ६२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा कोरोनाविरुद्धको थप ८ लाख ६२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप आइपुगेको छ ।

 

बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत थप एस्ट्राजेनेका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाकाले जनाएको छ। नेपाल सरकारले कोरोनाविरुद्धको खोप हालसम्म खरिद र सहयोगमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा प्राप्त गरिसकेको छ । यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४०० मात्रा र इटालीले ६ लाख ३३ हजार ६०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएका थिए।