२०८० चैत्र १६ , शुक्रवार

फेरी नम्बर १ बन्न सफल टाटा मोटर्स, रच्यो अर्को किर्तिमान

सुनाखरी न्युज/ काठमाडौं – टाटा मोटर्सले यो महिना पनि आफ्नोदम्दार प्रदर्शन कायम गरेर हुन्डाई, किया, मारुती सुजुकी लाई पछाडी पारेर आफु शिर्ष स्थानमा हुन सफल भएको छ।

 

पछिल्ला केही महिना टाटामोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारी साधन उत्पादक टाटाले एक पछि अर्को महिना मा रेकर्ड बनाउँदै गईरहेको छ । टाटा मोटर्स लाई प्यासेन्जर कार सेग्मेन्टमा स्थापित गराउन सफल टाटा नेक्सन स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स्र लक्जरीको हिसाबले सबफोरमिटर सेग्मेन्टमा उत्कृष्ट सावित भइसकेको छ र नेपालमा ग्राहकहरुको मन जित्न सफल भएको छ। विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो । टाटानेक्सन सबफोर मिटर सेग्मेन्टमा पावर फुल १।२ लिटर टर्बो इन्जिनको कारण चर्चामा रहँदै आएको मोडल हो । टाटाको प्यासेन्जर सेग्मेन्टमा गेमचेन्जरको रुपमा लिने गरिएको नेक्सन फिचर लोडेड गाडीमा पर्छ ।

 

टाटा मोटर्सले १३ हजार ८१६ यूनिट नेक्सन विक्री गरेर पहिलो हुन सफल भएको छ भने किया सेल्टोस ११ हजार ४८३ यूनिट सहित दोस्रो स्थानमा छ र हुन्डाई भेन्यू ११ हजार ३७७ यूनिट सहित तेस्रो स्थानमा छ। चौथो स्थानमा टाटामोटर्सको नयाँ माइक्रो एस यूभी परेको छ भने हुन्डाई क्रेटा ९ हजार ८६९ यूनिट सहित पाँचौ स्थानमा रहेको छ। छैटौ स्थानमा रहेको ब्रेजा ९ हजार ५७६ यूनिट र सातौ स्थानमा रहेको किया सोनेट ६ हजार ९०४ यूनिट विक्री भएको छ।

 

त्यस्तै गरि धेरै विक्री हुने १० मोडलको सूचीमा रेनोका इगर, निसान म्याग्नाइट, फक्सवागेन टाइगुनर स्कोडा कुशकले भने यसपाली आफ्नो स्थान पक्का गर्न सकेनन्। सूचीको आठौं, नवौं र दसौं स्थानमा महिन्द्रा थार ४ हजार ६४६ यूनिट, महिन्द्रा एक्सयूभी ३०० ले ४ हजार ५५० यूनिट र महिन्द्रा एक्सयूभी ७०० ले ४ हजार ११९ यूनिट विक्री गर्न सफल भयको छ।