२०८१ जेठ ५ , शनिवार

ओमिक्रोनसँग मिल्दो जुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ देखिँदै

 

 

सुनाखरी न्युज/ काठमाडौं – ‘ओमिक्रोन रुपमा स्क्रब टाइफस’ भन्नाले लेखकले हाल फैलिरहेको ओमिक्रोनमा देखिने जस्तो लक्षणहरु लिएर स्क्रब टाइफस पनि देखा पर्दै भन्न खोजेको हो।

 

हाल ज्वरो आउँदा, टाउको र शरीर दुखे, घाँटी दुखे, खोकी लागे कोरोनाको शंका गर्ने गरिन्छ र अहिलेको अवस्थामा यो स्वाभाविक पनि देखिन्छ। तर यी लक्षणहरु अरु संक्रामक रोगहरुसँग पनि मिल्दोजुल्दो हुने गर्दछ। नेपालमा कमन कोल्ड बाहेक अरु विभिन्न संक्रामक रोगहरु पनि रहेका र ती रोगहरु वर्षेनी आफ्नो मौसममा देखिने गर्दछन्। केहि दिन अगाडि एक युवक माथि भनिएका लक्षणहरु लिएर आएका थिए। सो बिरामीमा संक्रमणको शंका ओमिक्रोन गरिएको भएपनि स्क्रब टाइफस पुष्टि भयो। गएको एक सातामा झन्डै एक दर्जनको हाराहारीमा स्क्रब टाइफस पुष्टि भएको देखिन्छ।

 

 

अहिले सबैको ध्यान ओमिक्रोनमा केन्द्रीत हुँदा ‘स्क्रब टाइफस’ लगायत अरु संक्रामक रोगहरु पहिचान तथा उपचारबाट बन्चित हुने सम्भावना देखिन्छ। स्क्रब टाइफसको मृत्युदर नेपालमा ६ प्रतिशतसम्म देखिएको भएता पनि अनुसन्धानहरुले ३०-३५ प्रतिशत सम्म पनि हुने गरेको देखाएका छन्। हाल नेपालमा फैलिरहेको ओमिक्रोनको मृत्युदर १ दशमलब ३ प्रतिशत देखिन्छ। अत्यधिक टाउको तथा शरीर दुख्नु र आँखा रातो हुनु ओमिक्रोन तथा स्क्रब टाइफसमा देखिने समान लक्षणहरु हुन्। अझ काठमाडौँ बाहिर गाउँघर तिर स्क्रब टाइफसको समस्या बढी हुने र त्यहाँ परीक्षण दाएरा सिमित हुने हुँदा पहिचान र उपचारमा ढिलाई हुने गरेको लेखकसंग प्रशस्त उदाहरणहरु छन्। हाल अस्पतालमा आउने धेरैले कोरोना बाहेक अरु परीक्षणहरु गर्न अनिच्छ्या व्यक्त गर्ने गरेको पाइन्छ।

 

जसले गर्दा नेपालमा नियन्त्रणमा रहेका कतिपय मौसमी संक्रामक रोगहरुको चाप थाहा नपाइकन बढ्न सक्नेछ। हाल ओमिक्रोनसँग मिल्दो जुल्दो लक्षण लिएर स्क्रब टाइफस पनि देखिएको छ। तर अस्पताल आइपुगेकाहरु कोरोना बाहेक अरु संक्रमणको परीक्षण गर्न भने अनिच्छ्या व्यक्त गर्ने गरेका पाहिन्छ। ज्वरो आउनु, घाँटी दुख्नु, खोकी लाग्नु भनेको कोरोना मात्र होइन। तसर्थ हाल देखिदै गरेको स्क्रब टाइफसको पनि समयमा नै पहिचान र उपचार गर्न सके रोग पूर्ण रुपमा निको हुनेछ।