२०८१ बैशाख १४ , शुक्रवार

कांग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेका हुन्।

 

महत यसअघि सहमहामन्त्री थिए। १४ औं महाधिवेशनमा उनी सभापति देउवापक्षबाट महामन्त्रीका उम्मेदवार रहेका थिए तर उनी पराजित भएका थिए। उनी पूर्व परराष्ट्र मन्त्री थिए।