२०८१ बैशाख १४ , शुक्रवार

सुनको मूल्यमा सामान्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।