२०८१ बैशाख ७ , शुक्रवार

उपत्यकामा हट्यो जोर-बिजोर

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–बिजोर प्रणाली हटाएको हो ।

 

साथै बैठकले फागुन १ गनेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठहले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार प्रशासन कार्यालयले सो निर्णय गरेको हो ।