२०७७ जेठ १८ , आइतवार

महामारीमा स्कार्पियो मोहः ११ वटा स्कर्पियो किन्‍ने गण्डकी प्रदेश सरकारको निर्णय

अटो

Gandaki#

महामारीमा स्कार्पियो मोहः ११ वटा स्कर्पियो किन्‍ने गण्डकी प्रदेश सरकारको निर्णय

सुनाखरी न्युज-
गण्डकी सरकारले यसवर्ष पनि करोडौँका गाडी खरिद गर्ने भएको छ । गतवर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षित मुद्रणालय स्थापनाको लागि भनेर विनियोजन गरिएको एक करोड रुपैयाँबाट गण्डकी सरकारले  ७१ लाख रुपैयाँको मोटरसाइकल खरिद गरेको थियो । ती मोटरसाइकल विभिन्न प्रहरी कार्यालयलाई वितरण गरिएको थियो ।

यसपटक पनि सरकारले करोडौँ मूल्यमा ११ वटा स्कर्पियो गाडी खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले ११ वटा गाडी खरिद गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ११ वटा स्कर्पियो किन्ने निर्णय भएको बताए । यस्तै, हरेक जिल्लामा रहेका जिल्ला अस्पताललाई दिने बताए । तर, सरकार आफैँले गाडी नकिन्ने र सम्बन्धित जिल्ला अस्पतालले किन्ने गाडीको भुक्तानी दिइने उनले बताए ।

 

बजारमूल्य अनुसार अहिले ४८ लाख देखि ७१ लाख रुपैयाँसम्ममा स्कर्पियो गाडीहरु पाइन्छन् । तर, सरकारले भने नयाँ मोडेलका गाडी किन्ने जनाएको छ । नयाँ मोडेलको एउटा स्कर्पियोको मूल्य ७१ लाख भन्दा बढि छ । यही दरमा गाडी किन्दामात्रै प्रदेश सरकारले ७ करोड ८१ लाख रुपैयाँ भन्दा बढि हुन आउँछ । कम मूल्यको गाडी खरिद गर्दामात्रै पनि ६ करोड ५० लाख रुपैयाँ भन्दा बढि खर्च सरकारले भुक्तानी गर्नुपर्ने हुन्छ ।

 

 

Share this news: