२०८१ बैशाख १४ , शुक्रवार

नागरिकता विधेयकः राष्ट्रपतिविरुद्धको मुद्दाको सुनुवाइ सर्‍यो

सुनाखरी न्युज / काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण विवादमा सर्वोच्च अदालतमा परेको रिट निवेदन माथि आजको सुनुवाइ सरेको छ ।

 

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा परेपनि हेर्न नभ्याएपछि सुनुवाइ सरेको हो । आज सरेको रिट निवेदनमाथि आइतबार सुनुवाइ हुन सक्ने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

 

नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएको छ । पाँच फरक रिट निवेदनहरु आज एकसाथ डा शर्माको एकल इजलासमा पेशी तोकिएको थियो ।विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगर्दा संविधानको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ ।