२०८१ बैशाख १४ , शुक्रवार

राष्ट्रपतिको कदमपछि पुत्ला दहन गर्दै अखिल क्रान्तिकारी

सुनाखरी न्युज/ काठमाडौँ –  अनेरास्ववियुकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको बताएकी छन । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध आज साँझ ५ गते देशव्यापी पुत्ला दहन कार्यक्रम सम्पन्न गर्ने तय भएको जानकारी दिइन ।

 

त्यसका लागि क्रान्तिकारीले सम्पूर्ण प्रदेश समिति , विश्वविद्यालय राष्ट्रिय समिति , जिल्ला समिति ,क्याम्पस समितिहरुलाई विशेष निर्देशन दिएको छ।उनले देशभरका सबै प्रदेश समिति, विश्वविद्यालय समिति, जिल्ला समिति र क्याम्पस समितिलाई बेलुकी ५ बजे राष्ट्रपतिको पुत्ला दहन गर्न निर्देशन समेत दिएकी छन ।

 

 

संसद्ले दोस्रोपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि उनीबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन ।