२०८१ बैशाख १४ , शुक्रवार

भारतीय हाँस्य कलाकार राजु श्रीवास्तवको हृदयघातबाट निधन

सुनाखरी न्युज /  काठमाडौं– भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको मृत्यु भएको छ। ५८ वर्षीय श्रीवास्तवको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

 

राजु पछिल्लो ४२ दिनदेखि नयाँदिल्लीको एम्स अस्पातलमा उपचाररत थिए। हृदयघातपश्चात उनलाई अस्पताल पुर्‍याइएको थियो।

 

अगस्ट १० देखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारको क्रममा राजुको अवस्था स्थिर भए पनि पछि झन् बिग्रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी इन्डियाज लाफ्टर च्यालेन्ज बिग बोस सिजन ३ देख भाइ देखु जस्ता कार्यक्रममा देखिएका छन्।त्यस्तै बम्बई टु गोवाु र  ट्वाइलेटः एक प्रेम कथाु जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।