२०८१ बैशाख १४ , शुक्रवार

लियो क्लब अफ हेमजाद्वारा दिप प्रज्वलन

गोविन्द तिमिल्सिना / हेमजा । लियो क्लब अफ हेमजाको आयोजनामा पोखरा- २५ हेमजा मिलनचोकमा क्लबले दिप प्रज्वलन गरेको छ । संबिधान दिवसको अबसर पारि क्लबले दिप प्रज्वलन गरेको हो ।

 

२०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । उक्त दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । संविधानसभाबाट बनेको संविधान ७ बर्ष पूरा भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य तारा बि.कले क्लव सकृय भएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सकृय रहिरहन आग्रह गरिन । उनले संविधान उत्कृष्ट भएको र यसलाई सबैले उचित रूपमा पालना गर्नुपर्नेमा जोड दिइन । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाका अध्यक्ष दानबहादुर भुजेल, समाजसेवी भिमप्रसाद श्रेष्ठ, लियो डिस्ट्रिकका उपाध्यक्ष आवस दाहाल, लियो क्लबका एडभाइजर सन्तमान श्रेष्ठ, पुर्व अध्यक्ष सबिना तिमिल्सिनाले बोलेका थिए ।

कार्यक्रममा सम्पदा त्रिपाठी र दिब्या त्रिपाठीले नृत्य प्रस्तुत गरेका थिए । प्रथम उपाध्यक्ष मनोज त्रिपाठीले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अबिभाद्न कबिता त्रिपाठीले र लियो प्लेज दिब्या त्रिपाठीले बाचन गरेकी थिइन । क्लबका अध्यक्ष निराजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक मनिसा के.सीले र सञ्चालन सचिव कपिल दाहालले गरका थिए ।