२०८१ बैशाख १४ , शुक्रवार

दशैँका लागि हवाई टिकट ८० प्रतिशत बुकिङ, आकासियो हवाई भाडा

सुनाखरी न्युज / काठमाडौं ।

दसैं आउन एक साता बाँकी हुँदानै हवाई टिकट ८० प्रतिशत सकिएको छ। आन्तरिक हवाई उडान गर्दै आएका हवाई कम्पनीले ८० प्रतिशत टिकट बुक भइसकेको जनाएका छन्।ती कम्पनीका अनुसार अब २० प्रतिशत मात्रै टिकट बाँकी छ। केही गन्तब्यको टिकटनै सकिएको छ। तुम्लिङटारको अहिलेनै शतप्रतिशत बुकिङ भइसकेको छ। बुद्ध एयरले हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ भइसकेको जनाएको छ। बुकिङ आउने क्रम जारी छ। अहिले सम्म ४० प्रतिशत अग्रिम बुकिङ आइसकेको छ। हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।

 

यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दसँ आउन एक साता बाँकी हुदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ ।हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ ।

 

 

सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता थापाले जानकारी दिनुभयो ।