२०८१ बैशाख १४ , शुक्रवार

हाडिगाउँको गहनापोखरी वरपरको क्षेत्रमा राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना

सुनाखरी न्युज/ काठमाडौं । राउन्ड टेवल इन्टरनेशनल वेस्ट च्यालेन्ज अन्तर्गत आज काठमाडौं हाडीगाउँस्थित गहनापोखरी आसपासको क्षेत्रको सरसफाई गरिएको छ ।

 

डेंगुको संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाई गरिएको आयोजकले जनाएको छ । सरसफाई सँगै सचेतना समेत फैल्याइएको राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताउनु भयो । त्यसैगरी गहनापोखरी वरिपरि र खेलमैदान नजिकैकै प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो । कार्यक्रममा राउण्ड टेवल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्या कचियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्षमा नसा अग्रवाल, फोटी वानक्लबअफ नेपालका राष्ट्रिय अध्यक्षमनोज दास तथा राष्ट्रिय बोर्ड सदस्यहरू र अन्य टेबलरहरूको सहभागिता रहेको थियो ।

 

त्यस्तै देशभर बाट संकलन गरिएका बिग्रिएका कम्युप्टर, ल्यापटप, मोबाइल लगायतका इलेक्ट्रोनिक सामग्रीहरु काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेवल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिनुभयो ।