२०८१ बैशाख १९ , बुधवार

अछाम पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता

सुनाखरी न्युज/ धनगढी ।

अछाममा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

 

रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो । तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजी भइरहेको छ । यस्तै पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ ।