२०८१ बैशाख १४ , शुक्रवार

एनआइसी एशियाको ‘दशैंतिहार महोत्सव’: डिजीटल भुक्तानीमा २०% सम्म क्यासब्याक र छुट

सुनाखरी न्युज/ काठमाडौं । एनआइसी एशिया बैंक लिमीटेडले ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ ।

 

जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीओएस(पस) भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त हुनेछ । त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवम् साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पस तथा एनआइसी एशियाको मोबाइल बैंकिङ्गमार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याक उपलब्ध हुनेछ ।

 

साथै, यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्ने बैंकले जनाएको छ ।

 

त्यसैगरी, विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवम् क्यूआर भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ । किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पस भुक्तानी एवम् एनआइसी एशिया मोबैंक प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

कहाँ कस्तो छुट पाइन्छ ? टेबल हेर्नुहोस्: