२०८१ बैशाख १४ , शुक्रवार

नेपालको संविधान, गणतन्त्र र नेपाली कांग्रेस

किरण गिरि –
संबिधान :-
असोज -३ गते सातौ संबिधान दिवस । नेपाल र नेपाली जनताको संबिधान नेपाली जनता आफ्नै जनप्रतिनिधि संस्था संबिधान सभा ले संबिधान घोषणा गरेको दिन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधान लागू भएको दिन ।

 

नेपालमा सबैखाले क्रान्ति ,आन्दोलन र परिबर्तन नेपाली कांग्रेसकै नेतृत्वमा भए झै २०७२ साल असोज -३ गते नेपाली कांग्रेसकै नेतृत्वमा संबिधान सभाले नेपालको संबिधान जारी गरेको हो । रास्ट्रहित ,लोकतन्त्र र अग्रगामी परिबर्तनका लागि नेपाली जनताले पटक पटक गरदै आएका ऐतिहासिक जनाआन्दोलन ,सशस्त्र संघर्ष ,त्याग र बलिदानको गौरबपुर्ण इतिहासलाई स्मरण तथा बेपत्ता र पिडित आमनागरिकको सम्मान गर्दै हाम्रो संविधान सभा ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोसणा गरेको असोज ३ गते सात बर्ष पूरा हुँदै छ ।

 

यो संविधानले २४० बर्षको सामन्ती र निरंकुश राजतन्त्र को अन्त्य गरि जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली ,नागरिक स्वतन्त्रता ,मौलिक अधिकार ,मानव अधिकार ,बालिग मताधिकार ,आबधिक निर्बाचन ,पुर्ण प्रेस स्वतन्त्रता ,निस्पक्छ्य र सक्छ्यम न्यायपालिका र कानुनी राज्यको अबधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजबाद प्रती प्रतिबद्ध रहेर संबृध्द रास्ट्र निर्माण गर्ने अठोटका साथ संविधान सभा ले ल्याएको यो संबिधान नेपाली राजनितिको “म्याग्नाकार्टा” हो । नेपालको संबैधानिक बिकासको क्रममा जनता द्वारा निर्माण गरिएको रास्टृय दस्तावेज पनि हो ।

 

यो संविधान ले नेपाली राजनितिको सामाजिक ,आर्थिक र राजनितिक छेत्रमा परिवर्तन मात्र होइन रुपान्तरण नै गरिदिएको छ । मुलुकको पहिचान नै बदलेर अन्तर्राष्ट्रिय मंचमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लाई स्थापित गराएको छ। २०६४ साल चैत्र २८ गते भएको संविधानसभाको पहिलो निर्बाचन देखि ४ मंसिर २०७० सालमा संपन्न संविधान सभाको दोस्रो निर्बाचन सम्म आइपुग्दा संविधान निर्माण प्रती जनतामा निरासा छाइसकेको थियोे ।लामो रस्सा कस्सी ,प्रसस्तै असहमति ,मतान्तर बिच गुज्रिएको थियो ,२०६४ देखि २०७२ सम्मको ८ बर्ष ।जब राजनीतिक दलका नेताहरुले असहमति बिच सहमति खोजेर ३ असोज २०७२ मा संविधानसभा बाट संविधान घोषणा गर्न सफल भए नेपाली जनताले संतोषको सास फेरेका थिए ।

 

गणतन्त्र :-
जन्मेको आधारमा होइन कर्म र जनादेशको आधारमा जो कोहि पनि नेपाली जनताको छोरा छोरी यो देसको रास्ट्रप्रमुख हुने प्राबधान लाई यो संविधानले अंगिकार गरेको छ ।यो संविधानको महत्वपूर्ण पक्ष र गणतन्त्रको मुल मर्म हो ।अब नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र को संबैधानिक संचालन रास्ट्रपतिबाट हुने छ।संविधानको धारा ६१को उप धारा (१)मा नेपालमा एक रास्ट्रपति हुने छ भनिएको छ ।

संविधानको भाग ६ धारा ६१ देखि ७३ सम्म रास्ट्रपति र उप रास्ट्रपती को ब्यबस्था र काम कर्तव्य अधिकार को प्राबधान सुनिश्चित गरेको छ। संविधानसभाले बनाएको यो संविधान नेपाली जनताको साझा र ऐतिहासिक दस्तावेज हो ।जुन संविधानले मुलुकको युग नै परिवर्तन गरिदियो ।संविधान संग बिमती राख्नेहरुलाइ पनि यो संविधानले स्पेस दिएको छ । बिचार र अभिव्यक्ति स्वतन्त्रता ,संविधान संशोधनमा लचकता यो संविधानको मुल बिसेशताका रुपमा लिन सकिन्छ ।

त्यसै कारणले नै होला यो संविधान संग बिमती राख्ने हरुले पनि यो संविधानलाई विश्व कै उत्कृष्ट संविधान भनेका थिए । हाम्रो संविधानले गणतन्त्रको सफल कार्यान्वयनका लागि राजनीतिक दलहरु लाई नै प्रमुख भुमिका ,जिम्मेवारी र महत्त्व दिएको छ ।संविधान को धारा २७० ले राजनीति दल लाई प्रतिबन्ध लगाउने गरि कुनै कानुन बनाउन नमिल्ने संबैधानिक प्रत्याभूती गरेको छ।गणतन्त्रको आधार स्तम्भ भनेको राजनीतिक दलहरु नै हुने भएकोले राजनीतिक पार्टी को स्वतन्त्रता लाई संविधान ले विशेष प्रत्याभूत गरेको देखिन्छ ।

संविधानको धारा २७४ मा संविधान संशोधन प्राबधान राखिएको छ।समय सापेक्ष रुपमा संविधानमा संशोधन र परिमार्जन हुन सक्ने देखिन्छ।जनचाहना अनुसार संबिधान गतिशिल दस्ताबेज हो ,यो परिवर्तनशिल छ।संविधानको धारा २७५रास्टृय महत्वका कुनै विषयमा जनमतसंग्रह बाट निर्णय गर्न आबस्यक छ भनी संघीय संसदको दुई तिहाइ बहुमतबाट निर्णय भएमा त्यस्तो विषय जनमतसंग्रह बाट निर्णय लिन सकिने प्राबधान लाई संविधान ले आत्मासात गरेको छ ।यसले हाम्रो संविधान समय सापेक्ष नेपाली जनताको चाहना र आकांक्षा प्रती सदा उदार र लचिलो रहेकी देखिन्छ ।

नेपाली कांग्रेस :-
अहिले हामिले संबिधान दिवस मनाइरहदा नेपाली कांग्रेस कै नेतृत्वमा संयुक्त लोकतान्त्रिक सरकारले राज्य संचालन गरिरहेको छ । संबिधान र संबैधानिक मुल्य र मान्यताहरुको पालना गर्दै यो सरकार अगाडि बढीरहेको छ ।

 

तसर्थ संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्म र भावना लाई संविधान ले आत्मसात गरेको देखिन्छ ।जनताले देखिने र बुझिने गरि संबिधानको कार्यान्वयन गर्ने काममा नेपाली कांग्रेस कहिल्यै पछि पर्ने छैन । सरकार र राजनीति दल हरुको इमानदारिताको खाचो संबिधान को सफल कार्यान्वयनमा अझ बढी हुनु पर्दछ । अब संविधानको सफल कार्यान्वयन बाट नै नेपाल र हामी नेपाली जनताले सुख ,शान्ती र समृद्धि प्राप्त गर्ने छौ । नेपाल अनि नेपाली जनताको हित तथा समृद्धिका लागि संबिधान को रक्षा र सम्बर्द्धन गर्न नेपाली कांग्रेस सदा दृढ एबं प्रतिबद्ध रहने छ ।

 

नेपाली जनताले बनाएको संबिधान रक्षा र सम्बर्द्धन गर्नु नेपाली कांग्रेसको प्रमुख दाइत्व हो । संबिधान कार्यान्वयन को दोस्रो चरण अन्तर्गत हामीले स्थानीय चुनाव सम्पन्न गरिसकेका छौ भने आगामी मंसिर – ४ गते संघीय संसद प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन सम्पन्न गर्न गैरहेका छौं । निर्बाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । सम्पुर्ण मतदाता हरु लाई निर्भयका साथ आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल सहित सातौ संबिधान दिवसका अबसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता निबर्तमान केन्द्रीय एबं महासमिति सदस्य हुन ।