२०८१ बैशाख १४ , शुक्रवार

साताको अन्तिम कारोबार हुने दिन बिहिबार १४ अंकले घट्यो नेप्से

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार घटेको छ । साताको शुक्रबार कारोबार हुने आज अन्तिम दिन दोहोरो अंकले घटेर नेप्से बन्द भएको हो ।

 

असोज १ गतेदेखि सातामा पाँच दिन मात्रै शेयर कारोबार हुनेछ । आज नेप्से १४.१० अंकले घटेर एक हजार ९ सय १० दशमलब ३८ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा ९० करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । नबिल ब्यालेन्स फण्ड २ को शेयरमूल्य ७.८७ प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, रिभल्स फल्स पावर लिमिटेड र अप्पर सोलुको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।