२०८१ बैशाख १४ , शुक्रवार

दशैंका लागि सर्वसाधारणले आजदेखि नयाँ नोट साट्न पाउने

सुनाखरी न्युज/ काठमाडौं । दशैंकका लागि आवश्यक नयाँ नोट सर्वसाधारणले आजदेखि साट्न पाउने भएका छन् । दशैंका लागि आवश्यक नयाँ नोट बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले साट्न सक्नेछन् ।

 

आजदेखि काठमाडौं उपत्यकाभित्र र असोज २ गतेदेखि उपत्यकाबाहिर पनि नयाँ नोट साटक सकिने छ । नयाँ नोट एक पटकमा एक जनाले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट साँटन पाउनेछन् ।

 

सर्वसाधारणले असोज ७ गतेसम्म राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट नयाँ नोट साट्न पाउनेछन् ।