२०८१ बैशाख १४ , शुक्रवार

दुई क्यासिनोले तिरेनन् महानगरलाई कर

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपनि दुई वटा क्यासिनोले भने अझै पनि कर तिर्न अटेर गरेको पाइएको छ ।

काठमाडौ महानगरपालिकाका अनुसार र्‍याडिसन होटलमा सञ्चालित क्यासिनो र्‍याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले कर नतिरेका हुन् । दुवै क्यासिनो हाल सञ्चालनमा नरहेको महानगरको भनाइ छ ।

 

मनोरञ्जन कर बुझाउन दुवै क्यासिनोलाई पत्राचार गरिए पनि सम्पर्कमै नआएको महानगरको राजस्व विभागले जनाएको छ ।