२०८१ बैशाख १५ , शनिवार

शेयर बजारमा सुधार, २१ अंकले बढ्यो परिसूचक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से २१.३० अंकले बढेर एक हजार ९ सय ३४ दशमलब ४ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज नेप्सेमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार नेपाल बैंकको डिभेञ्चरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ५ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।