२०८१ बैशाख १४ , शुक्रवार

विभिन्न पार्टी परित्याग गरी सयौँको सख्यामा जसपा प्रवेश

सुनाखरी न्युज/ सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता जुगेश्वर मण्डलको नेतृत्वमा करिव २०० जना र राजेन्द्र मण्डलको नेतृत्वमा करिव १ सय पचास गरी ३५० जना नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, प्रवेश गरेका छन् ।

 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्यक्रममा जसपा, नेपालका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नवप्रवेशीहरुलाई गम्छा, माला र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

 

पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता मुरलीप्रसाद साह तथा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मधेश प्रदेशमा दैनिकजसो विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गर्ने गरेको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताएका छन् ।