२०७९ आश्विन १३ , बिहिवार

कोटेश्वरमा फेरि चल्यो महानगरको डोजर, स्थानियले अटेर गरेको आरोप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले पटक पटक  सो क्षेत्रमा रहेका फुटपाथ हटाउन माइकिङ गर्दै आएको थियो ।

कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले  अघिल्लो हप्ता डोजर चलाएको थियो । सोही क्रममा अन्य स्थानको फुटपाथ पनि महानगरले खाली गर्न भन्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्‍याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

 

उनले महानगरभरि रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।