२०८१ बैशाख १४ , शुक्रवार

चांगन अटोको दशै डिलाईट अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । चांगन अटो नेपालले बडा दशै र तिहारको उपलक्ष्यमा ग्राहकहरु माझदशै डिलाईट अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले चांगनको हन्टर र एल्सभीन १५ र ८ लाख डाउन पेमेन्टमै प्राप्त गर्नुहुने छ भने अन्य विविध अफरहरुको लाभ उठाउन सक्नुहुनेछ ।

चाडबाडको हर्षोउल्लास लाई मध्यनजर गर्दै ग्राहकहरुमाझ विविध अफरहरु ल्याइएको कम्पनीले जनाएको छ । अन्य अफरहरु अन्तर्गत ग्राहकहरुले आकर्षक छुट, एक लाख सम्मको एक्सचेन्ज बोनस, एक वर्ष निशुल्क बीमा र एक वर्ष निशुल्क रोड ट्याक्सप्राप्त गर्नु हुनेछ । अफर सिमित अवधिका लागि लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुनेछ ।

 

ग्राहकहरुले चांगनको नक्शाल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नुहुनेछ । यसका साथै
www.Changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागिबुकिङ पनि गर्न सक्नुहुनेछ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लग इनगरि प्राप्त गर्नसक्नु हुने छ ।