२०८१ बैशाख १४ , शुक्रवार

जसपाको कर्णाली खसान राष्ट्रिय समिति गठन

सुनाखरी न्युज/ काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको खसान राष्ट्रिय समिति ÷कर्णाली गठन भएको छ । सुर्खेतको विरेन्द्रनगरमा आयोजित भेलाले देवीकृष्ण न्यौपानको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा रघुवीर मिजार, लाले कुमाल, भरत केसी, कर्णबहादुर थापा, गगन सारु, यादव गुरुङ मुख्य सचिवमा चन्द्रकला विक, सचिवहरुमा खेमराज अर्याल, सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय, हरिलााल बाङगघरे र फत्तबहादुर सोती रहेका छन् भने समितिको कोषाध्यक्षमा कर्णवीर विक रहेका छन् ।
समितिको सदस्यहरुमा गणेशबहादुर नेपाली, कृपाराम बस्नेत, विष्णा शाही, विक्षा खत्री, चित्रबहादुर वली, अमर खत्री, राजबहादुर भाम र तिलक बस्नेत रहेका छन् ।

 

जसपाको सुदुरपश्चिम प्रदेश खसान राष्ट्रिय समिति गठन
जनता समाजावदी पार्टी, नेपालको सुदुरपश्चिम प्रदेश खसान राष्टिय समिति गठन भएको छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा सम्पन्न भेलाले लक्ष्मीकान्त पनेरुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा भूमिप्रसाद भण्डारी, बसन्त खड्का, सचिवमा भोजराज जोशी र सदस्यहरुमा श्रीचन्द्र श्रेष्ठ, दीपक दुवाल, सिद्दराज पन्त, नरभान पार्की, मना नेपाली, हरिष कडायत, धनबहादुर थापा र मञ्जु साकी रहेका छन् । भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्की, विशेष अतिथिमा राजनीतिक समिति सदस्य तथा खसान राष्«िटय समन्वय समितिका इन्चार्ज प्रेमनारायण थापा, राजनीतिक समिति सदस्य तथा खसान राष्ट्रिय समन्य समितिका अध्यक्ष हेमन्त माण्डब्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

 

जसपाको विधान अनुसार कर्णाली प्रदेश समितिका सबै जिल्लाहरु रहेको कर्णाली खसान राष्ट्रिय समिति र सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला बाहेकको जिल्लाहरुलाई सुदुरपश्चिम प्रदेशको खसान राष्ट्रिय समिति बनाइएको छ । यी दुबै राष्ट्रिय समितिबाट समन्वय समिति बनाउने प्रावधान पार्टीको विधानमा छ ।