२०८१ बैशाख २६ , बुधवार

३७ जना बिद्यार्थी चालकहरू सहित ट्राफिक नियम उल्लङघन गर्ने अन्य १ सय २४ जना कारवाहीमा

सुनाखरी न्युज/ काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरि ३७ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनु भएको छ । साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार २ सय २ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

साथै, पानी बोक्ने सवारी साधन र एम्बुलेन्स लक्षित चेकजाँचको क्रममा आज मापसे गरी पानीको गाडी चलाउने १ जना र अन्य १ जना गरी २ जना चालक कारवाहीमा परेका छन् । सोही चेकिङ्गकै क्रममा अवस्था ठिक नभएका २२ वटा पानीको गाडीको चालक र अन्य १०० जना गरी १ सय २४ जना चालकलाई कारवाही गरीएको छ । २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारवाहीमा साथै गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालकलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

जसमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३५ जना , अनावश्यक हर्नको प्रयोग गर्ने २ सय १६ जना , जथाभावि यात्रु चढाउने तथा ओराल्ने १ सय ८५ जना , मदिरा पिएर सवारी साधन चलाउने १ सय ३८ जना,लेन नियम उल्लङघन गर्ने १ सय ३१ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङघन गर्ने ३ हजार ६ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।