२०८१ बैशाख १४ , शुक्रवार

रोकिएन शेयर बजारको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से ११.९७ अंकले घटेर एक हजार ९ सय ३९ दशमलब ८८ विन्दुमा बन्द भएको छ ।

मंगलबार नेप्से २१.२२ अंकले घटेर एक हजार ९ सय ५१ दशमलब ७९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयरबजार घटेसँगै कारोबार पनि निरन्तर रुपमा घटेको छ । आज नेप्सेमा ८२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ३१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

 

सनराइज फर्स्ट म्युचुअल फण्डको शेयरमुल्य ७.७२ प्रतिशतले बढेर प्रतिकित्ता ११.५८ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज प्राइम डिबेञ्चर र उन्नति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार प्राधिकरणको कम्पनीको भएको छ । यसको आज ५ करोड १५ लाखभन्दा बढीको कारोबार भएको छ ।