२०८१ बैशाख २९ , शनिवार

स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

सुनाखरी न्युज/ काठमाडौं । केन्या भ्रमणमा गएको नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए ।

 

नेपालले केन्यासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो भने तीन खेलको एकदिवसीय शृंखला क्लिन स्वीप गरेको थियो ।