२०८१ बैशाख १४ , शुक्रवार

सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा १७% सम्मको आकर्षक छुट

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित“क”वर्गको नेसनल प्याथल्याब बीच सिटिजन्स बैंकको कार्डबाहकहरू लाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनलप्याथल्याबकाविभिन्न स्वास्थ्य सम्बन्धिजाँच र हेल्थप्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवाप्राप्तगर्नुका साथै अधिकतमलाभ समेत प्राप्तगर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।

 

आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क ई.के.वाई.सी.तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथ साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ ।

 

जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरु सँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ५७हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।