२०८१ बैशाख १४ , शुक्रवार

कोरोना अपडेटः थप ३०० जनामा कोरोना संक्रमण, १२४ जना निको

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ ।