२०८१ बैशाख १९ , बुधवार

शेयर बजारमा गिरावट जारी, ९० करोडमा खुम्चियो कारोबार

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रोे दिन सोमबार आज सामान्य अंकले घटेको छ । आज नेप्से ४.२९ अंकले घटेर एक हजार ९ सय ७३ दशमलब ०१ विन्दुमा बन्द भएको छ ।

 

आइतबार नेप्से ६.६८ अंकले बढेर एक हजार ९ सय ७७ दशमलब ३० विन्दुमा बन्द भएकोे थियो । त्यस्तै, शेयरबजार घटेसँगै कारोबार एक अर्ब रुपैयाँ पनि पुगेको छैन । आज नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ६१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ मैलुङखोला जलविद्युत कम्पनीको शेयरमुल्यु ७.४३ प्रतिशतले बढेर प्रतिकित्ता ४९३.३० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज रु रु जलविद्युत्त परियोजनाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ९ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ ।