२०८१ बैशाख १४ , शुक्रवार

समृद्धि फाइनान्सको इटहरी शाखा कार्यालय उद्घाटन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ग वर्गको राष्ट्रियस्तरको इजाजत पत्र प्राप्त गरि छिटो, सरल र सहजतरिकाले विभिन्न बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन एक औपचारीक कार्यक्रम गरी गरेको छ ।

 

उक्तकार्यक्रमको प्रमुखअतिथि इटहरी उपमहानगरपालिकाकामेयर हेमकर्ण पौडेलले आजमिति २०७९ भाद्र २० गते इटहरी शाखा कार्यालयको औपचारीक उद्घाटने उद्घाटन गर्नुभएको छ । उक्तकार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकीप्रमुखमिना पाण्डे, एटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्षदिवशपोख्रेल सहित लब्ध प्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै उक्तकार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुखकार्यकारी अधिकृतटिका निधिलोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्रिय कारोबार सम्बन्धिजानकारी गराउनुभएको थियो ।

 

त्यस्तै चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनिउदेघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताउनुभयो । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजनापनि संचालनमा ल्याएको छ ।