२०८१ बैशाख २६ , बुधवार

सुनको भाउमा सामान्य बढोत्तरी

सुनाखरी न्युज/ काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ११५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ११० रुपैयाँमा किनबेच भएको थियो।